images

इजरायल-हमास युद्व रोक्न नेपाल सहित १२० देश सहमत, इजरायलसहित १४ देश युद्वकै पक्षमा

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ ।

महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो ।

अमेरिकको न्युयोर्कमा बसेको बैठकमा युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी नै भएनन् ।

बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।

बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले चुप लागेर नबस्ने चेतावनीसमेत दिए । इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै उनले हमासको अत्याचार सहेर नबस्ने बताएका थिए ।

इजरायल हमास युद्धमा परी अहिलेसम्म ५ हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने २० ओं लाख मानिसहरु विस्थापित भइसकेका छन् । एजेन्सीको सहयोगमा