images

उदयपुरमा भीरबाट जिप खस्दा ६ जनाको मृत्यु 

काठमाडौं– उदयपुरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट जिप खस्दा ६ जनाको मृत्यु भएको हो ।

जिप दुर्घटना पश्चात् ६ जनाकै घटनास्थलमा शव भेटिएको प्रहरीले जनाएको छ ।

भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

 दुर्घटनामा परि घाइते भएका ७ जनालाई उद्धार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको  र उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।