images

ओलीसँग छलफल गरेका देउवाले पदाधिकारीको बैठक बोलाए

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमका साथै पार्टीको गतिविधिबारे छलफल हुने बताइएको छ । एमाले अध्यक्ष ओलीसँग भेटेर फर्किए लगत्तै देउवाले पदाधिकारी बैठक डाक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

शनिवार देउवाले बालकोट पुगेर ओलीसँग सवा २ घण्टा वार्ता गरेका थिए ।