images

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

कञ्चनपुर–महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगर बजार सिँचाई कार्यालय नजिक र दोधारा चाँदनीमा गरी छुट्टा छुटै दुर्घटना परि एक भारतीय नागरिक र एक नेपालीको मृत्यु भएको हो ।

मङ्गलवार मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार युके ०३ ए ९०३४ नम्बरको मोटरसाइकलमा सवार चम्पावत मीन बजार बन बासाका अन्दाजी ३० वर्षीया चाँप पुरैसीको गड्डाचौकि रोड विद्युत् कार्यालय क्षेत्रमा छाडा पशु चौपायासँग ठोकिएर घाइते भएको र उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

यस्तै सोही दिन दोधारा चाँदनी नगरपालिका-४ चाँदनीमा युके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकलमा सवार दुई मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका-४ कञ्जभोज बस्ने अन्दाजी २५ वर्षीया सुरज सुनार रहेका छन् । भने अर्का सोही ठाउँका अन्दाजी ४५ वर्षीया गोपाल सुनार घाइते छन् । उनको अहिले उपचार भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी जोशीले बताए ।

उनका अनुसार सुरजको दोधारा चाँदनी अस्पतालमा मृत्यु भएको र अर्का घाइतेको महाकाली अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सवार मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।