images

कांग्रेस सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग

काठमाडौं–नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस वर्ष मनसुनजन्य विपदबाट देशभर १८ लाख १ हजार जनसङ्ख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आङ्कलन गरिएको बताउँदै सरकारको पूर्व तयारीबारे जवाफ माग गरेका हुन् ।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, २०८१ अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने बताइएको बारे सरकारको ध्यानाकर्षण गराए । ती मध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको बताए ।

उनले भने, ‘यस वर्ष मनसुनजन्य विपद्बाट देशभर १८ लाख १ हजार जनसङ्ख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आङ्कलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, २०८१ अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने ती मध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ । साथै मधेस प्रदेशमा ९८ हजार २ सय घर परिवार प्रभावित हुने अनुमान छ, तसर्थ सभामुख महोदयमार्फत सरकारको पूर्व तयारी के छ, यस मानेमा सांसदलाई जानकारी दिइयोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

उनले यस वर्ष मधेस प्रदेशमा ९८ हजार २ सय घर परिवार प्रभावित हुने अनुगमन रहेको बताए ।