images

क्रसरको फित्तामा फसेको अवस्थामा एक युवकको शव फेला ,एक घाइते

धनुषा– धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव बिहान फेला परेको हो ।

मजदुरी गर्दै आएका यादवको शव ढुङ्गा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोदारले जनाएको छ ।

सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएका छन् ।

मृतकका आफन्त मामा खुसीलाल यादवले घटना शङ्कास्पद भएको भन्दै गम्भीर रूपमा अनुसन्धान गर्न माग गरेका छन् । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको धनुषा प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रञ्जन अवाले जनकारी दिए ।