images

खेत जोत्ने क्रममा करेन्ट लाग्दा २८ वर्षीय युवकको मृत्यु 

प्युठान– प्युठान जिल्लाको नौ बहिनी गाउँपालिका ६ छम निवासी २८ वर्षीय सन्तोष परियारको खेत जोत्ने क्रममा आइतबार करेन्ट लागेर  मृत्यु  भएको छ ।
बिहान खेत जोत्न भनी घरबाट  निस्केका परियारको  खेत नजिकै रहेको बिजुलीको पोलमा लड्किएका गिर्खाहरूबाट करेन्ट लागेको थियो । करेन्ट लागेर  घाइते अवस्थामा रहेका परियारलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवारमा पुर्‍याएपछि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख ईश्वर  थापाले जानकारी दिए ।
परियारको सब पोस्टमार्टम लागि अहिले जिल्ला अस्पताल बिजुवारमा राखिएको छ । मृतक परियार केही समय अघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । परियारका बुवा आमा दुई दाजुभाइ श्रीमती र एक छोरा छन् ।
मृतक परियारको परिवार लुप्लुङबाट बसाइसराइ गरी नौ बहिनी गाउँपालिका वार्ड न ६ को छम गएका थिए ।