images

गगन थापाको प्रश्न: ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार के हो ?

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार नभएको बताएका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर गर्नुभएको दाबीको आधार माग गरे । उनले संसदमा धेरै उथलपुथल भएको भन्दै ६/८ महिनापछि आर्फैँले काँध हाल्नुपर्ने हुनसक्ने टिप्पणी गर्दै बजेटबारे अर्थमन्त्रीलाई प्रश्न मात्रै गर्दा जोगिने अवस्था नरहेको बताए । उनले मौसमको अनुमानको आधारमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ भन्ने कुराको स्पष्ट जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए ।

उनले भने, ‘यो बजेटबारे बोल्ने कसरी भनेर म अलमलिएको छु । यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन । भनेर बोल्नुपर्ने हो । तर त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसदमा ६र८ महिनापछि यो बजेट आफैँले काँध हाल्नुपर्ने पो हो की । आफ्नै बोली फेरि गलपासो हुने हो की । मैले बोल्ने तयारी गर्दा अर्थमन्त्रीज्यूलाई सामान्य प्रश्न सोध्ने कुरा सोचेँ । मान्य अर्थमन्त्रीज्यूले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्ने कुराको प्रक्षेपणको दाबी गर्नुभएको छ । अघिल्लो वर्ष पनि ठिक त्यस्तै दाबी थियो । ४ प्रतिशतको भन्दा कम रह्यो । यो वर्ष हाम्रा विकास साझेदार, चाहे एसियाली विकास बैङ्क होस्, चाहे आइएमएफ होस् कसैले ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ । यसको आधार के हो रु पानी अलिकति राम्रो पर्छ भनेर गरिएका मौसमको अनुमानको आधारमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ भन्ने कुराको अर्थमन्त्रीले मलाई वा संसद्लाई चित्त बुझ्दो जवाफ दिनुपर्छ ।’

महामन्त्री थापाले बजेटमा राजश्वको अनुमान १४ खर्ब १९ अर्ब राखिएको र लिएको लक्ष्य सबैभन्दा उच्च वृद्धि हुनुपर्ने बताए । करिब ३४ प्रतिशत वृद्धि भए मात्रै सरकारले लिएको लक्ष्य भेटिने जिकिर गरे ।