images

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको विकल्प छैनः कांग्रेस

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिनको विकल्प नरहेको निष्कर्ष निकालेको छ । सोमबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका मन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

बैठकबारे जानकारी गराउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘भोलि बिहान ७ बजे बानेश्वरको ल्होत्से हलमा संसदीय कार्यसमितिको बैठक बस्छ । त्यसपछि ९ बजे संसदीय दलको बैठक बस्छ। हामीले सदनमा राखेको संसदीय छानबिन समिति गठनको माग यथावत् छ । हामीले अरुपनि निर्णय गर्छौँ ।’

लेखकले थप्दै भने, ‘कि नेपालमा दुई वटा सरकार छ भन्नुपर्‍यो । हामीले एउटा सरकारको कुरा सुनिसक्यौँ । प्रधानमन्त्रीजीले भनिसक्नु भयो । प्रधानमन्त्रीको कुरामा चित्त नबुझेर हामीले संसदीय छानबिन समिति माग्यौँ,’ उनी भन्छन्, ‘सबै मन्त्रीको पहिलो मन्त्री प्रधानमन्त्री हो । हामीले प्रधानमन्त्रीकै कुरा सुनिसकेकाले सहकारी ठगीमा अरू कसैको कुरा सन्दैनौं ।’

कांग्रेसले सदन अवरुद्ध पार्ने चेतावनीपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सहित चार दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । कांग्रेसले गृहमन्त्री लामिछाने सहितका सहकारी ठगी प्रकरणमा मुछिएकामाथि कारबाहीका लागि संसदीय छानबिन समिति बनाउनु पर्नेमा जोड दिँदै आएको छ ।