images

जनकपुरबाट जाँदै गरेको बसको स्टेरिङ फेल हुँदा जलेश्वरमा डिभाइडरमा ठोकियो

महोत्तरी– जनकपुरबाट जलेश्वर आउँदै गरेको बसको स्टेरिङ फेल हुँदा डिभाइडरमा ठोकियो छन् ।

ना ३ ख २८७८ सुपर सफारी डिलक्स बसको स्टेरिङ फेल हुँदा बस जलेश्वर नगरपालिका २ स्थित सिनेमा हल चौकमा डिभाइडरमा ठोक्किएको छ ।

यात्रुले भरिएको बस जलेश्वर आई पुग्न लाग्दा अगाडीको दुईतिरको चक्कालाई जोरेर राख्ने टाई रोड गोली छुट्टिएर स्टेरिङ फेल हुँदा बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी अनुसार दुर्घटनामा यात्री घाइते हुनबाट जोगिएको बताए । उनले बसमा सामान्य क्षति भए पनि यात्रु पूर्ण सुरक्षित रहेको बताए ।

जनकपुर जलेश्वर रुटमा अधिकांश पुरानो सवारी साधन सार्वजनिक यातायातमा प्रयोग हुँदा प्राय गाडीहरू दुर्घटना भइरहेपनि यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेको र यात्रुहरूले दैनिक ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको सोही बसमा सवार यात्रीहरूको गुनासो छ ।