images

जसपाका मन्त्रीहरूको राजीनामा स्वीकृत

काठमाडौं–जनता समाजवादी पार्टीका मन्त्रीहरूले बुझाएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड ९क०बमोजिम आ९आफ्नो पदबाट राजीनामा दिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा उनीहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति