images

जिल्ला प्रहरी कार्यालयमै मृत भेटिइन महिला प्रहरी

सिरहा-जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन । कार्यालयको महिला बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्र सिरहाको सेलभित्र प्रहरी जवान खजुरा गाउँपालिका-४ की करिष्मा सुनार मृत भेटिएकी हुन् ।

बिहीबार दिउँसो साढे ३ बजेतिर शौचालयमा पासो लगाएको अवस्थामा उनको शव भेटिएको हो । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार  के कति कारणले गर्दा मृत्यु भएको भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

घटनापछि जिल्ला प्रहरी कार्यालय खाली गराइएको छ । सेवाग्राहीलाई विशेष बैठक भन्दै कार्यालय परिसरबाट फिर्ता पठाइएको छ । प्रहरीले सुरुमा घटनाबारे केही बताउन चाहेको थिएन । त्यसपछि घटनाबारे बुझ्न सञ्चारकर्मीहरू जिल्ला प्रहरी कार्यालयमै छिरेका थिए ।

उनीहरू घटनाबारे सोधखोज गरेपछि प्रहरी निरीक्षक उदयभान द्विवेदीले सञ्चारकर्मीहरूलाई हातपात गर्दै दुर्व्यवहार गरेका छन् ।