
काठमाडौं– दार्चुलाबाट धनगढी जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लेकम गाउँपालिकाबाट छुटेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जीप बुडर नजिक दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय बुडरका अनुसार मृतकको परिचय खुलेको छैन । घाइतेमध्ये चार जनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारार्थ धनगढी पठाइएको छ ।