images

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । शेयर बजार मंगलबार सामान्य घटेको छ ।

आज शेयर बजार झन्डै ४ अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव ८१ अङ्कले घटेर २ हजार १९ दशमलव ७३ विन्दुमा झरेको छ ।

आज जलविद्युत, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन आज २ सय ६२ वटा कम्पनीको ३९ लाख ४६ हजार कित्ता शेयर १ अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ७ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भयो । प्रिमियर इन्सुरेन्स कम्पनी र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर सबैभन्दा धेरै झन्डै ४ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।