images

नेशनल मेडिकल कलेजका एमडी र ल्याब इन्चार्ज  पक्राउ

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ ।

मेडिकल कलेजले म्याद गुज्रिएको गुनासोपछि  नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह पक्राउ परेका हुन । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

मेडिकल कलेजले म्याद गुज्रिएको गुनासो गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले मेडिकल कलेजबाट म्याद गुज्रिएको सामग्री पनि बरामद गरेको छ । साथै मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनाज हुसेन र ल्याब टेक्नेसियन सञ्जय साहलाई पक्राउ गरेको छ । मेडिकल कलेजबाट सन् २०१९,२०२०, २०२१ र २०२२ सम्म मात्र म्याद रहेका औषधी फेला परेको थियो ।