images
images

पुन : बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य पुन : उकालो लागेको छ । सोमबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतितोला ५ सय रुपैयाँले बढेर सोमबार एक लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साताको पहिलो दिन आइतबार सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँमा स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य थोरै घटेपनि स्थानीय बजारमा भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा ३० रुपैयाँले घटेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि बढेको छ। आइतबार सुन प्रतिऔंस १८६५.९४ डलरमा रहेको सुन बढेर सोमबार १८७७.४६ डलर कायम छ।

चाँदी प्रतिऔंस २२.३५ डलरबाट २२.४९ डलरमा कारोबार भइरहेको छ।