images

प्युठानमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

प्युठान– प्युठानमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । माण्डवी गाउँपालिका वडा नम्बर ५ तिग्रामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको हो ।

शुक्रवार बिहान ९ बजे झिमरुक नदीबाट बालुवा लोड गरेर फर्किँदै गरेको लु ४ त ९२९४ नम्बरको ट्याक्टरबाट खसेर सह–चालक २० वर्षीय सन्तोष नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ऐरावती गाउँपालिका वडा नम्बर ४ छाप बस्ने नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।