images

प्रचण्डले मागे विश्वासको मत

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा मार्फत विश्वासको मत मागेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत मागेका हुन् ।

उनले नारायणगढ–मुग्लिन सडक खण्डकामा पहिरोले बस बगाएको प्रति दुख व्यक्त गरे । उनले संविधानले एक महिनाभित्र विश्वासको मत लिन पाउने अधिकार दिएको बताए ।

उनले आफू अल्पमतमा पर्दा सदन विघटन गर्ने पल्केकाले नैतिकताको पाठ सिकाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले आफूले विश्वासको मत पाए पनि नपाए पनि लोकतन्त्रको पक्षमा रहेको बताए ।