![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/01/gold-sun-chadi.jpg?fit=810%2C540)
काठमाडौं । नेपाली बजारमा आज सुन को भाउ तोलामा ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो कारोबारको तुलनामा आज तोलामा ३०० रुपैयाँ बढेको जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ४५० रुपैयाँ थियो ।