images

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं–प्रतिनिधि सभाको बैठक २ बजे बस्ने गरी स्थगित गरिएको छ । शुक्रवार ११ बजे बस्ने भनिएको बैठक २ बजे बस्ने गरी स्थगित भएको संसद् सचिवालयले जनाएको छ । यस अघि संसदमा थप रणनीति बनाउनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका दलहरुको अलग्गै बैठक बसेको थियो ।

त्यसै गरी सत्तारुढ दलको बैठक पनि बसेको थियो । प्रमुख प्रतिपक्षी दलहरूले सहकारीको रकम अपचलनका विषयमा संसदीय छानबिन समिति बनाउनु पर्नेमा एक मत देखिएका छन् । साथै उनीहरूले सभामुख देवराज घिमिरेले बिहीबार संसदमा खेलेको भूमिका माथि समेत प्रश्न उठाउने जनाएका छन् ।
हेर्नुहोस् पत्रसहित

No description available.