images

प्रतिनिधि सभाको बैठक २ बजेका लागि सर्‍यो

काठमाडौं–प्रतिनिधि सभाको बैठक २ बजे बस्ने गरी सरेको छ । आइतबार ११ बजेका लागि निर्धारण गरिएको बैठक २ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दलहरूले मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेसँगै बैठक पर धकेलिएको हो ।

विपक्षी मोर्चाको बैठकले गृहमन्त्री लामिछानेलाई सहकारी प्रकरण बाहेक अन्य विषयमा संसद्मा बोल्न दिने समेत निर्णय गरेको छ । साथै सहकारी प्रकरण सम्बन्धी गठित कार्यदलले टिओआरमा सहमति गर्नका लागि सिंहदरबारमा बैठक जारी राखेका छन् ।

हेर्नुहाेस् पत्रसहित