images

प्रधानमन्त्री प्रचण्डले सभामुखलाई भने,गृहमन्त्रीलाई बोल्ने वातावरण भइरहेको छ, बैठक केही ढिला गर्नुहोला

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  र सभामुख देवराज घिमिरेबीच टेलिफोन संवाद भएको छ । सङ्घीय संसद्को बैठक बस्नु अघि प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेलाई  बैठक केही ढिला गर्न आग्रह गरेका छन् ।

सभामुख घिमिरेको सचिवालयले स्पेस समाचारलाई दिएको जानकारी अनुसार,’सभामुखले केही बेर अघि सम्माननीय प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही बेर बैठक ढिला गर्न भन्नुभएको छ । प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिनुभयो ।’

बैठक ११ बजे बोलाइएको थियो ।  सभामुखले भने बानेश्वरमा नै कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

छलफलमा कानुन मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी रहेको थियो ।