images

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदबारमा भेटवार्ता भएको हो।

भेटमा पछिल्लो समय देखा परेको समसामियक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जनाएको छ। त्यसै गरि लामो वेपत्ता तथा छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगकोको बारेमा समेत छलफल भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड भोलि(बुधबार) युएई जान लागेका छन्। उनी त्यहाँ जानु अघि भएको भेटवार्तालाई अर्थपूर्ण ढंगले हेरिएको छ।

एमाले अध्यक्ष केपी ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको भवन अवलोकन गरेका छन् । ७२ को भूकम्पले क्षति पुगेको यो भवन नयाँ डिजाइनसहित आफ्नो पालामा पुन:निर्माण सुरू गरे पनि ओली बस्न पाएका थिएनन् । उनलाई प्रधानमन्त्रीले भवनको अवलोकन गराएका छन् ।