images

बाजुराको बाह्रबिस केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस

काठमाडौं– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बुढिगंगा नगरपालिका साबिकको बाह्रबिस केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे बाह्रबिस केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।