images

बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन कांग्रेस महामन्त्री थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरुले किसानलाई मर्कामा पारेको भन्दै बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको हो ।

उहाँले पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताउनु भयो । उहाँले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै, स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले पछिल्लो समय आत्मदाह गर्ने मानिसहरु बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरिय न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

सांसद डा. सिंहले पछिल्लो समय मुलुकभर आत्महत्या र आत्मदाहा गर्ने मानिसहरुको सख्या बढ्दै गएको बताउनु भयो ।