
काठमाडौं– प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जाल एक्समा शुभकामना सन्देश दिँदै उनले २ देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् ।
दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।