images

भूकम्प पीडितलाई बागमती र सुदूरपश्चिम प्रदेश सरकारले दुई करोड ५० लाख रुपैयाँ राहत दिने

काठमाडौं । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि बागमती र सुदूरपश्चिम प्रदेश सरकारले दुई करोड ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेका छन् ।

शनिबार बिहान मन्त्रिपरिषद्को बैठक राख्दै बागमती प्रदेशले १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारले १ करोड रुपैयाँ भूकम्प प्रभावितहरूको राहतका लागि दिने निर्णय गरेका हुन् ।

यस्तै सुदूरपश्चिम सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको छ ।