images

भोजपुर–चखेवा सडक खण्ड भासियो,यातायात सेवा अवरुद्ध

भोजपुर–अविरल वर्षातका कारण मध्य पहाडी लोक मार्ग अन्तर्गत टेम्केमैयुङ गाउँपालिका ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।

पिच सडक भासिएसँगै यातायात सेवा ठप्प भएको छ । वर्षाको कारण सडक भासिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । सडक बुधवार भासिएको उनको भनाइ छ । सडक खुलाउनको लागि आवश्यक समन्वय भइरहेको उपाध्यक्ष राईले बताइन् ।

सडक करिब ६० मिटर भासिएको वडा नं ४ का वडाध्यक्ष हर्कराज राईले बताए । सडक भासिएपछि यातायात सञ्चालनमा समस्या रहेको उनको भनाइ छ ।