
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार यो नियमित बैठक हो । आजको बैठकमा ६ वटा अध्यादेशहरूको विषयमा छलफल हुनेछ ।
सरकारले संसद् सञ्चालन हुनुभन्दा अगाडि ल्याएका अध्यादेश सदनमा पेस हुन सकेका छैनन् ।