images

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं–सरकारले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्। जेठ ३ गते बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा पेस गरेको नेपाल सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय भएको हो ।

यसअघि रास्वपाका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै ध्यानाकर्षण गराएका थिए । मन्त्रिपरिषद् गठन भएपछि मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्ने व्यवस्था भए पनि सरकारले कानुनबमोजिम भन्दै त्यसलाई गोप्य राख्ने गरेको थियो ।

तर रास्वपाका मन्त्रीहरूले नै त्यसबारे चासो राखेपछि सोबारे मन्त्रिपरिषद्ले निर्णय गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्राप्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

त्यसै गरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा.लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । भन्ने निर्णय भएको छ । श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा सङ्गीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

उनी यसअघि पनि सो पदमा रहेका छन् । मन्त्री शर्माले स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्ताव पनि मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ ।