images

महोत्तरीमा स्कुल भ्यान दुर्घटना , विद्यार्थीहरू सुरक्षित

जनकपुरधाम–जनक ईरा पब्लिक इङ्लिस बोर्डिङ स्कुलको मिनी भ्यान दुर्घटना भएको छ ।जनकपुर–जलेश्वर सडक खण्ड अन्तर्गत जनकपुर जाँदै गर्दा बाटोमा गाडी दुर्घटनामा परेको हो ।

बा७ च ८०३१ नम्बर भ्यान पल्टिएर सडकभन्दा तल झरेको छ । स्थानीयको अनुसार बच्चाहरू सुरक्षित छन् र ड्राइभर गम्भीर घाइते भएको हो । ड्राइभरलाई जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भ्यान के कसरी दुर्घटना भएको हो त्यस बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।