![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/04/Perishdanda-2.webp?fit=1080%2C511)
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।
आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालस पेरिसडाँडामा बस्ने बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल गर्न पदाधिकारीको बैठक बोलाइएको केन्द्रीय कोषाध्यक्षसमेत रहेका कार्यालय सचिव श्रीराम ढकालले जानकारि दिए ।