images
images

माओवादी नेता खामलाई थुनामा पठाउन अदालतको आदेश 

काठमाडौं– काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्व डिभिजन कमान्डर कालीबहादुर खामलाई थुना पठाउन  जिल्ला अदालत चितवनले  आदेश दिएको छ।

बिहीबारदेखि सुरु भएको थुनछेक बहस सकिएसँगै न्यायाधीश दयाराम ढकालको एकल इजलासले खामलाई पुर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।

 वादीका तर्फबाट ३ र प्रतिवादी खामका तर्फबाट २ जना अधिवक्ताले बहस गरेका थिए ।