images

रामेछाप अस्पतालमा डायलिसिस सेवा नियमित

रामेछाप– रामेछाप अस्पताल रामेछापमा डाइलिसिस सेवा पुनः सुचारु भएको छ । बिहीबारदेखि नियमित रूपमा मिर्गौलाका बिरामीहरूले रामेछाप अस्पतालबाटै सेवा पाउने मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा यो सेवा सुरु भएको लामो समय भइसकेको भए पनि डायलिसिस मेसिनमा प्राविधिक समस्या देखा परेको कारण केही समय सेवा अवरुद्ध भएको थियो । अब भने मिर्गौलाको समस्याबाट पीडित बिरामीहरूले नियमित रूपमा सेवा पाउने मे।सु श्रेष्ठले भने ।

रामेछाप अस्पतालमै डायलिसिस सेवा सञ्चालन भएपछि जिल्लाबाट अन्य स्थानमा डायलिसिस गर्न जाने बिरामीहरूलाई सहज हुने भएको छ । मिर्गौलाको समस्याबाट पीडित बिरामीहरूले डायलिसिस गर्नका लागि अस्पतालका सूचना अधिकारीको सम्पर्क नं ९७६५२०३३८४ मा सम्पर्क गरेर नाम दर्ता गराउन मे।सु श्रेष्ठले आग्रह समेत गरेका छन् ।