images

रामेछाप भू–तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख दाहाल पक्राउ

रामेछाप–भू–तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका कार्यालय प्रमुखले सुरेश दाहालले मदिरा सेवन गरी होहल्ला गरिरहेकाे अवस्थामा भेटिएका छन् ।

कार्यालय प्रमुख दाहाल सोमबार बिहानै मदिराले लट्ठिएर होहल्ला गर्दै अशान्ति मच्चाएपछि उनी पक्राउ परेका छन् । मदिरा सेवनपछि उनले कार्यालय परिसरमै  तथानाम गाली गलौच गर्दै हैरानी पारेका थिए ।

कार्यालय प्रमुख दाहालले कार्यालयमा काम गर्ने कर्मचारीहरू,विभिन्न राजनीतिक दलका प्रमुखहरू,रामेछापका प्रमुख जिल्ला अधिकारी,सांसद,जनप्रतिनिधि लगायतलाई नाम नै किटेरै अपशब्द बोलेका थिए ।

रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष सन्तोष तामाङका अनुसार उनले केही स्थानीयहरूलाई हातपात समेत गर्ने प्रयास गरेकाे आरोप लगाए । मदिराले लट्ठिएका दाहालले आतंक मच्याउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि  उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए । दाहाले प्रहरीमाथिसमेत अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

सार्वजनिक स्थानमा मदिरा सेवन गरेर झैँ–झगडा गर्ने व्यक्तिलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढाउन सकिने कानुनी प्रावधान छ । दाहाल राष्ट्रसेवक कर्मचारी भएकाले कार्यालयमै मदिरा सेवन गरी होहल्ला गर्नु गलत रहेको भन्दै डिएसपी सिंहले यस सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

May be an image of ticket stub and text