images

राष्ट्रिय सभा निर्वाचनका लागि सात निर्वाचन अधिकृत नियुक्त

काठमाडौं। आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सातवटै प्रदेशका लागि निर्वाचन अधिकृत नियुक्त भएका छन् । यहि पौस १६ गतेदेखि लागू हुने गरि सातवटै प्रदेशका लागि सात जना निर्वाचन अधिकृत नियुक्त भएका हुन।

प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मा दिइएको छ । निर्वाचन आयोगले विहिबार जारी गरेको सूचना अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निवाचन अधिकृत छन् ।

त्यस्तै मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला निर्वाचन अधिकृत बनेका छन् ।

हेनुहोस् आयोगको सूचना