images
images

राष्ट्रिय सभा निर्वाचनका लागि तोकिएका अधिकृत परिवर्तन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएका अधिकृत परिवर्तन गरेको छ। न्याय परिषद्को निर्णयको आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएपछि आयोगले पनि आफ्नो पूर्व निर्णय हेरफेर गरेको हो ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले गत पुस १२ गते सात वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको थियो ।

अब जस अनुसार कोशी प्रदेशमा विष्णु प्रसाद गौतम, मधेस प्रदेशमा चित्रबहादुर गुरुङ, बागमती प्रदेशमा श्रीप्रसाद सञ्जेल, गण्डकी प्रदेशमा ऋषिराज आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशमा मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशमा विष्णु प्रसाद अवस्थीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।