images

लिखुपिके अध्यक्ष कप २०८० सम्पन्न

सोलुखुम्बु–सामाजिक सद्भाव तथा एकताका लागि खेलकुद भन्ने नाराका साथ सोलुखुम्बुमा दोस्रो लिखुपिके अध्यक्ष कप २०८० सम्पन्न भएको छ ।  लिखुपिके गाउँपालिका वडा न ३ रहेको हिमगंगा माविको प्राङ्गणमा सम्पन्न अध्यक्ष कपमा महिला तथा पुरुष भलिबल प्रतियोगिता, पुरुष ब्याडमिन्टन, हाई जम्प लमजम्प, महिला तथा पुरुष दौडका साथै चम्चा दौड प्रतियोगिता भएको थियो ।

प्रतियोगिता ४ दिन सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा पुरुष भलिबलतर्फ ८ टिम सहभागी भएकोमा वडा नम्बर २ प्रथम ४ दोस्रो र ३ नम्बर वडा तृतीय भएका छन् ।

त्यस्तै महिलातर्फ  ५ टिमको सहभागिता रहेकामा  लिखुपिके ५ भकान्जे  प्रथम , लिखुपिके ४ द्वितीय र , लिखुपिके–३ तृतीय  भएका छन् । विजयी खेलाडीलाई नगद सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।