images

वनमा आगो लगाएको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

रामेछाप– वनमा आगो लगाउँदै हिँड्ने एक वृद्धलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । वनमा आगो लगाउँदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ कात्तिके टोल बस्ने ७० वर्षीय अमरबहादुर मगर पक्राउ परेका हुन ।

गत शुक्रवार अपराह्न ४ बजेतिर सोही ठाउँको कात्तिके सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा वनका उपभोक्ता समितिका व्यक्तिले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका मगरलाई डिभिजन वन कार्यालय रामेछापबाट ५ दिनको अनुमति लिएर घटना बारे थप अनुसन्धान भइरहेको छ ।

यसअघि पनि वनमा आगो लगाउँदै हिँड्ने रामेछाप नगरपालिका वडा नं ३ साँघुटारका सुवास महत र लिखु तामाकोसी गाउँपालिका वडा नं ३ का अशोक महत पक्राउ परेका थिए ।