images

वन अतिक्रमण गरी बनाइएको घरमा डोजर चलाएर भत्काइयो

सिरहा– वन अतिक्रमण डिभिजन वन कार्यालय सिरहाले अतिक्रमण गरी बनाएको चार कोठे घर भत्काएको छ । साबिक चन्द्र उदयपुर हाल गोल बजार नगरपालिका वडा नम्बर ९ चोहर्वा ब्यारेक नजिक सत्यदेव यादवले बन अतिक्रमण गरी बनाइएको चार कोठे पक्की भवन भत्काएको हो ।

घर निर्माणाधीन अवस्थामै वडा कार्यालय र वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दा गर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार घर भत्काएको डिभिजन वन कार्यालय लहानका डिभिजन बन अधिकृत सुजीत कुमार झाले बताए ।

उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै निर्वाचनको समय पारेर घर निर्माण गरेको बताए ।

वन अधिकृत झाले भने, वन कार्यालयको गत वैशाख १३ गतेको पत्रबाट १५ दिने जग्गा खाली गर्ने सूचना गरेको बताउँदै सोही अनुरूप समयमा जग्गा खाली नगरेको अवस्थामा सबै प्रक्रिया पुरा गरेर घर भत्काएको बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा जग्गा खाली गराएको जानकारी दिए । सोही वडाका वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले पनि निर्माणको क्रममा आफूले लिखित र मौखिक रूपमा घर नबनाउन भने पनि उनले अटेर गरेर घर बनाएको आरोप लगाए।

यादवको वनसँगै जोडिएको घरमा तीन तले भवन रहेको छ । उनीहरूले आफ्नो अगाडीको सरकारी जमिन भएकोले आफूहरूले प्रयोग गरेको दाबी गरे । उनीहरूले भने, ‘हाम्रो पुरानो जमिन हो, अन्यले पनि प्रयोग गरिरहेका छन्, मारुती सिमेन्ट उद्योगले प्रयोग गरिरहेको छ । हामीले पनि घर बनायौँ।’

 

सिरहामा भू–माफियाहरूले राजनीतिक प्रभावमा व्यापक रूपमा वनको जग्गाहरू अतिक्रमण गरेको स्थानीहरूको भनाई छ । अतिक्रमित जग्गाहरू संरक्षण गर्नुपर्न स्थानीयहरूको माग गरेको छ ।

प्रमुख झाले भन्ने जिल्लाका विभिन्न स्थानमा वन अतिक्रमण गरी बनाइएको घर टहरा साथै अतिक्रमित क्षेत्र पुनः वन बुटान क्षेत्रमा कायम गर्न लागि परेको बताए ।