images

विराटनगर महानगरपालिकाले खरिद गर्‍यो रेस्क्यू लाइफ बोट 

विराटनगर– विराटनगर महानगरपालिकाले बाढी तथा डुबानका बेला राहत तथा उद्धारमा प्रयोग गर्न रेस्क्यू लाइफ बोट खरिद गरेको छ ।
महानगरपालिकाको १० लाख रुपैयाँ बराबर लगानीमा खरिद गरिएको बोटको आज केशलिया खोलामा परीक्षण गरिएको नगर प्रमुख नागेश कोइरालाले जानकारी दिए ।
महानगरपालिकाको पूर्वी सिमाना भएर बग्ने सिंघीया र पश्चिमतर्फबाट बग्ने केशलिया खोलामा आउने बाढीका कारण तटीय क्षेत्र वर्षेनी डुबान हुने गर्दछ । यसअघि महानगरसँग हातले दाबिलोको प्रयोग गरी चलाउन मिल्ने एक थान रबर बोट थियो जुन जीर्ण भइसकेको छ ।
रेस्क्यू लाइफ बोट खरिद गरेको महानगरले चार जना नगर प्रहरीहरूलाई बोट कुदाउने प्रशिक्षण समेत दिएको छ ।