images
images

वीरगन्जमा ११ घण्टाका लागि कर्फ्यू हट्यो

काठमाडौं–पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्य ११ घण्टाका लागि हटाइएको छ । हिन्दु र मुस्लिम सम्प्रदायबीचको विवादका कारण हिंसाको रुप लिन थालेपछि गत सोमबार साँझ देखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो ।

उक्त कर्फ्यु आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो ।कर्फ्यु जारी भए पनि मंगलबार बिहान र बुधबार बिहान ६ देखि १० बजेसम्म खुकुलो पारिएको थियो ।

मंगलबार आपसी सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालयले सर्बदलीय बैठक डाकेर पाँच बुँदे निर्णय गरेको थियो ।

सयौँ वर्षदेखि कायम रहेको दुई समुदायबीचको एकतालाई अझ मजबुत गराइ, एकतालाई बिखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई असफल बनाउने, एक अर्काको आस्था केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै त्यस्ता स्थानहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्नेरनगराउने, खुलारुपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्नेविरुद्ध कानुनी कारबाहीमा सबैले सहयोग गर्ने निर्णय गरेको थियो ।