जनकपुरधाम–धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित रहेका वीरेन्द्र बजार नजिक एक पुरुष सब फेला परेका छन् ।
गणेशमान चारनाथ नगरपालिका वडा नं. १ को ४० वर्षीय शिव चरण महराको शव फेला परेको हो । शुक्रवार बिहान ११ बजे उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
युवकले रक्सी खाएको कारण मृत्यु भएको हुन सक्ने आशङ्का स्थानीयले गरेका छन् । महराको शवलाई पोष्टमाटमका लागि जनकपुर प्रादेशीक अस्पताल पठाएको हो ।
मृत्यु कसरी भएका हो भने खुल्न सकेका छैन, उनको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजन अवाले जनकारी दिए ।