images
images

संसदीय समितिका नवनिर्वाचित १० सभापतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार सिंहदरबारस्थि कृषि समितिको हलमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा वातावरण समितिमा डा. आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे, महिला समितिमा एमालेका किरण साह, लेखा समितिमा ऋषिकेश पोखरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, पूर्वाधार विकास समितिमा राप्रपाका दिपक बहादुर सिंह, स्वास्थ तथा शिक्षा समितिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपा नेपालका राजकिशोर यादव र उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् ।