images

समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता र समृद्धि निर्भर हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता र समृद्धि निर्भर हुने बताएका छन् ।

आईतबार काठमाडौंको टँुडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताए । नेपालका मौलिक चाडपर्वहरुले नेपालीहरुका बीचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बताउने उनको भनाइ छ । प्रधानमन्त्री दाहालले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरुलाई राष्ट्रिय संस्कृतिको रुपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए

प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु राष्ट्रिय कार्यभार भएको बताए । सबै जाति, जनजातिको आ–आफ्नो परम्परा, रितिरिवाज र संस्कृतिहरु रहेको र सबै संस्कृतिहरुको समन्वयता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको उनको भनाइ छ ।