images

सरकारको गैरजिम्मेवारीका कारण ऐन निर्माण हुन सकेन्ः एमाले सांसद गिरी

काठमाडौ–नेकपा एमालेका सांसद पदम गिरीले जनताले सरकारबाट आत्मविश्वासको ठाउँ नपाएको बताएका छन् । उनले जसका कारण युवाहरु विदेश पलायन भइरहेको बताए । उनले विगतमा एक वर्षसम्म ऐन कानुन र सुशासनका मुद्धाले संसदमा प्रवेश नगरेको आरोप लगाए।

एमाले सांसद गिरीले वर्तमान सरकारको गैर जिम्मेवारीपनका कारण एक वर्षमा एउटा मात्रै ऐन ल्याऔं उनले भने,एक वर्ष भित्र सरकारकै कारणले संसदीय समिति गठन हुन सकेन ।
उनले सरकारबाटै सुशासन प्रतिवद्धता नपाएको आरोप लगाए । उनले संसद प्रभावकारी बनाउन सरकार जिम्मेवारी हुनु पर्नेमा जोड दिए । उनले एमालेको ध्यान संविधानको कार्यान्वयको निम्ती ध्यान केन्द्रीत हुने छ। त्यसमा एमाले प्रतिपक्षका रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले सरकारले भ्रष्टाचारीलाइ कार्बाही गर्ने इच्छाशक्तिका रुपमा काम गर्न नसकेको भन्दै एमाले विकास र सुशासनको पक्षमा दृढताका साथ उपस्तित हुने बताए । उनले एमाले प्रतिपक्षका रुपमा सदनमा प्रभावकारी रुपमा राष्ट्रिय हितका क्षेत्रमा अघि बढन दाबी गरे । साथै यस विषयमा सदनमा गम्भीर रुपमा उठाउने बताए । उनले नेकपा एमालले झुलाघाट देखि चिवाभन्ज्यांङसम्मको यात्रा क्रममा जनतासँग साक्षात्कार गरेको बताउँदै जनताहरु बस्न नसक्ने अवस्थामा रहेको समेत जानकारी गराए ।