काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको दाबी गरेकी छिन् ।
सोमबार नेपाल टेलिकमको २०औं वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले सरकारले डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर बिस्तार गरी सूचना महामार्ग निर्माण गर्ने तथा मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारका लागि काम गरिरहेको बताइन् ।
मन्त्री शर्माले दूरसञ्चार क्षेत्रको विकासले मात्र डिजिटलाइजेसनमा योगदान दिने भएकाले दूरसञ्चारको विकासमा सरकारले बढी प्राथमिकता दिइरहेको पनि बताइन् ।


स्पेस समाचार







