images

सर्लाहीको एक दलित बस्तीमा आगलागी, ५ वटा घर जलेर पूर्ण रूपमा नष्ट

सर्लाही– सर्लाहीको एक दलित बस्तीमा आगलागी हुँदा पाँच वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । सोमबार बिहान ११ बजेदेखि बसबरिया गाउँपालिका वडा नं। ३ भवानीपुर बंगलवा गाउँको दलित बस्तीमा आगलागी भएको हो ।

आगलागीबाट ५ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने ६ वटा घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उक्त आगो सदरमुकाम मलंगवा र हरि वनबाट गएको दमकलको सहयोगमा सुरक्षाकर्मी तथा स्थानीयहरू मिलेर दिउँसो १ बजे नियन्त्रणमा लिएका छन् । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।