
काठमाडौं । रवि लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले भन्दै सर्वोच्च अदालत उनलाई पदमुक्त गरेपछि उनका सर्मथकले नाराबाजी गरेका छन्।
सर्वोच्चको फैसला लगत्तै सर्वोच्च बाहिर लामिछाने समर्थकले नाराबाजी गरेका हुन् ।
उनीहरूले ‘रवि दाइ-हाई, हाई, रवि दाइ-जिन्दावाद’ लगायत नारा लगाएका थिए। उनीहरुले फैसलालाई ‘पूर्वाग्रही’ भएको आरोप लगाउदैं ‘सर्वोच्च अदालत नै खारेज गर्न’ नाराबाजी गरेका थिए
नाराबाजी गर्नेमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ।