
काठमाडौं। सिन्धुलीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सोमबार वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
बिहान सवा आठ बजे बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।